नेकपा एमाले पाल्पा क्षेत्र नंं २ का उम्मेदवार ठाकुर गैरेले एमालेले जिते जनतामा समृद्धि ल्याउने बताउनुभएकाे छ । एमालेले जिते पाल्पा जिल्लाकाे विकास र जनताकाे समृद्धि गर्ने याेजना रहेकाे उम्मेदवार गैरेले बताउनुभयाे ।

उहाँले नेपालकाे राष्ट्रियता बलियाे बनाउन एमालेले भूमिका खेलेकाे उल्लेख गर्दै राष्ट्रघाती नागरिकता विद्येक एमालेका लागि मान्य नहुने जिकिर गर्नुभयाे । चुनवाी प्रचार प्रसारको क्रममा रिव्दीकोट-८ फेकमा बोल्दै एमाले उम्मेदवार गैरेले एमालेकाे पक्षमा रहन जनतालाइ अपील गर्नुभयाे ।

गैरेले पाल्पाको पश्चिम क्षेत्रकाे विकासमा एमालेले ध्यान दिने बताउँदै दोभान जोड्ने नयाँ बाटो निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले ‘एक घर एक धारा’ काे नारा पूरा गर्ने, स्वास्थ्य विमा कार्यक्रमलाइ सहज बनाउने, बृद्ध भत्ता रकम बृद्धि गर्ने आश्वासन दिनुभयाे ।

यस्तै एमालेबाट प्रदेशसभा तर्फ २(२)का उम्मेदवार बन्नुभएका ओमबहादुर घर्तीले जनताको आर्थिक अवस्थालाई मजबुत बनाउन एमाले तयार रहेकाे बताउनुभयाे । फेक क्षेत्र तालतुङ, पेलाचौर, फेक र सोमर क्षेत्रमा घरदैलो गर्दै उम्मेदवार घर्तीले छिनफानडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभयो ।

प्रदेशसभातर्फकै अर्का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली ९ चापपानी क्षेत्रको घरदैलो कार्यक्रममा चापपानीको बगनासदेवी मालारानी क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जाेड दिनुभयाे । एमालेले जिते पाल्पाकाे विकासमा कायापलट हुने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर