राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो ।

दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रस्तुत गरेका थिए । बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । देउसी भैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रुपले हेरेकी थिइन् । प्रस्तुतिहरु सकिएलगत्तै उनले देउसे टोलीलाई नाङलोमा राखेर दान दिएका थिए ।

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो । घरमा लक्ष्मीले वास गरुन् । आगामी वर्ष पनि आउन पाउँ लगायतको आशिष थियो । आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।

अन्त्यमा भैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर