नागरिकता विधेक जस्ता काम गठबन्धन सरकारले सामान्य रुपमा लिनु ठूलो भूल भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले बताउनुभएको छ । उहाँले राष्ट्रियताको सवालमा एमालेको जित भनेको राष्ट्रर्को हित हुने समेत बताउनुभयो ।
मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्र्दभमा रैनादेवी छ्हरा २ सोमादी र ५ मुझुङको घर दैलो कार्यक्रममा नेता गैरेले एमालेको सरकारले तयार पारेका अधुरा काम सम्पन गर्ने र नयाँ कामको थालनीका लागि एमालेले जित्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले विचार विहीन ,सिद्धान्त रहित गठबन्धनले केवल पद जित्न कै लागि जनतालाई झुक्याउने योजना बनाएको आरोप लगाउदैं मतदातालाई विवेक प्रयोग गर्न अपील गर्नुभयो ।
नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र न. २ प्रदेशसभा २ काउम्मेदवार ओम बहादुर घर्तीमगरले गठबन्धनले गाउँमा परेका योजना समेत कटौती गर्ने गरेको बताउनुभयो । उहाँले जनताको गुनासोलाई आफु निर्वाचन भएपछि योजना निर्माण गरी समाधानको बाटो खोज्ने, रोकिएका योजना सुरु गर्ने बताउनुभयो । नेता घर्तीमगरले उत्पिडनमा परेको समुदायलाई माथीउठाउन कुनै कसुर बाकी नराख्ने साथै डुम्रे सर्देवा हुँदै जाने सडकलगायत खानेपानीको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
घरदैलो कार्यक्रममा उम्मेदवारहरुलाई खानेपानीको समस्या रहेको, जनप्रतिनिधिले विकासका नाममा झुक्याएको,निर्वाचित जनप्रतिनिधि बाट जन अपेक्षा अनुसार काम नभएको जस्ता गुनासा गरेका थिए । जनताको गुनासालाई पहिलो पटक संसदिय राजनीतिमा प्रवेशका लागि टिकट पाएका गैरेले क्रमिक रुपमा सम्वोधन गर्ने बताउनुभयो । उहाँले पहिलेका जनप्रतिनिधिले जस्तो धोका नदिने बताउनुभयो ।
घरदैलो कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउत, जिला सदस्य नारायण पोखरेल , गिता घिमिरे , मिना जि.सी , रैनादेवी छहरा गाउँकमिटी अध्यक्ष राम प्रसाद ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
यस्तैगरी नेकपा एमालेको पाल्पा क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई बगनासकाली गाउँपालिका वडा नम्बर ३ को नायर क्षेत्रमा पुग्नुभएको छ । यस क्षेत्रमा स्थानमा प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरिएको छ । कार्यालयको उद्घाटन गर्दै भट्टराईले बगनासकाली लगायत समग्र पाल्पाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले सम्भावनाको खानी रहेको बगनासकाली गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकासका लागि नमुना परियोजना संचालन गर्ने बताउनुभयो ।

देशमा लामो संर्घषपछि प्राप्त परिर्वतनका लागि संस्थागत गर्न नेकपा एमालेलाई जिताउनुपर्ने नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले बताउनुभएको छ । उहाँले परिर्वतनलाई संस्थागत हुनबाट रोक्न देशी विदेशी शक्ति क्रियाशिल भएको र गठबन्धन सरकार त्यहि शक्तिको पछि लागेका कारण देश समस्या ग्रस्त बनेको समेत बताउनुभयो । चुनावी अभियानमा रामपुर नगरपालिका वडा नं. १ गाँडाकोटका मतदातासंग मत माग्नुका साथै सुझाव संकलन समेत गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ का सदस्य पदका उममेदवार राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्रको विकासका लागि आफु पदमा हुँदा वा नहुँदा सधै क्रियाशील रहेको बताउनुभयो । उहाँले समस्या बुझेको र समस्या समाधनाको विकल्प बारे जानकार भएकोले सम्वृद्ध रामपुरको सपना लिएर आफु उम्मेदवार भएकोले आफुलाई मत दिन मतदाता समक्ष आग्रह गर्नुभयो ।


नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेका अनुसार मतदातासंग भेटघाटमा शुद्ध खानेपानी, स्तरीय सडक सञ्जाल र सहज विद्युत सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् । उम्मेदवारले क्रमिक रुपमा समाधान गर्ने बताएका छन् । पूर्वि पाल्पामा विकासको लहड एमालेनै ल्याएको समेत बताएका छन् । गएको कार्तिक १ गते देखि रामपुर नगरपालिका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम चलिरहेको स्थानीय तह निर्वाचन २०७९ मा रामपुर नगरपालिका प्रमुखका उपविजेता शिव अर्यालले बताउनुभयो ।
यस्तै अर्का निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार खेमबहादुर सारुले माथागढीको विभिन्न वडामा पुगी मतदातासंग भेटघाट गरिरहनुभएको छ । उहाँले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभएको छ । उहाँले आगामी दिनमा जनताको जनप्रतिनिधिसंग कुनैखाले गुनासो नरहनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर