बिराटनगर / देश का बिभिन्न ठाउमा चिसो बढ्न थालेको छ हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

काठमाडौं उपत्यकामा सोमबार यता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद हिरा भट्टराईका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ। तापक्रम कम हुने क्रम सुरू भएकाले चिसो बढ्दै जाने उनले बताए।

‘बिहान बेलुकाको तापक्रम हिजोबाट घट्न थालेको छ। घाम लाग्ने भएकाले दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुकाको तापक्रम कम भएकाले चिसो अनुभव हुन थालेको छ’, उनले भने।

उनले केही पश्चिमी वायुहरू सक्रिय भइरहेकाले उनीहरूले चिसो लिएर आउने जानकारी दिए।

‘केही पश्चिमी वायुहरू सक्रिय छन्, चिसो पनि उनीहरूले नै लिएर आउने भएकाले यस्तो भएको हो’, भट्टराईले भने,‘अब बिस्तारै चिसो बढ्दै जानेछ।’

हाल जुम्लाको तापक्रम ४ डिग्री सेल्सियस छ भने जिरीको ५.७ र जोमसोमको तापक्रम ६ डिग्री सेल्सिय रहेको छ। यस्तै काठमाडौं उपत्यकाको तापक्रम १२.२ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर