पछिल्लो समय नेपालमा नयाँ फिल्म रिलिज हुन अगावै प्रिमियर शो राख्ने गरिन्छ। जहाँ चलचित्रकर्मी, पत्रकार लगायत विशेष व्यक्तिहरुलाई मात्र निमन्त्रणा गरिएको हुन्छ। जुन कार्य सम्बन्धित चलचित्रको निर्माण टिमले गर्नेगर्छ।

विशेष शो हेरिसकेपछि मिडियाकर्मीहरुसंग शो हेर्न गएका चलचित्र नगरिका कलाकार हुन् या अरु नै आफ्नो रिभ्यु राख्ने गर्छन् । त्यही रिभ्यु हेरेर अधिकांश दर्शक हलसम्म पुग्ने पनि गर्छन् ।
यही बाटै थाहा हुन्छ कि प्रिमियर शो हेरेका विशेष व्यक्तित्वको चलचित्र बारे आफ्नो धारणा अथवा रिभ्यु कति महत्वपूर्ण हुन्छ भनेर। तर अधिकांशले विशेष शो हेरेपछि चलचित्र जस्तो सुकै होस् मतलब नगरि मिडियाको अगाडि गजब बनेको प्रतिक्रिया दिन्छन् ।जसले गर्दा विशेष व्यक्तिको रिभ्यु सुनेर अथवा हेरेर हलसम्म पुग्ने दर्शकलाई निकै निराशा बनाउँछ।
यस्तै, विभिन्न चलचित्रको प्रिमियर शो’मा गएर फिल्म हेर्ने कलाकारहरु मध्य एक हुन् अभिनेत्री एवम् फिल्म निर्देशक दिपाश्री निरौला। दिपाले पनि विभिन्न चलचित्रका विशेष शो हेरेपछि मिडियाको अगाडि आफ्नो धारणा राखेका उदाहरण प्रशस्तै छन् ।

त्यही धारणा राख्नेक्रममा नराम्रो फिल्मलाई पनि राम्रो भन्नुपर्ने बाध्यता धेरै पटक आफुलाई आइपरेको दिपा बताउँछिन् । उनले सो कुरा ‘कमेडी क्लब विथ च्याम्पियन’को गत सोमबार मात्रै प्रसारित एपिसोडमा भनेकी छिन् ।

जुन एपिसोडमा अभिनेता दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि उपस्थित छन् । त्यसो त, दिपा उक्त कमेडी शो’को अध्यक्ष समेत हुन् । शो’मा आउने गेस्टहरुलाई आजभोलि प्रस्तोता विशाल भण्डारीले विभिन्न प्रश्नहरु सोध्ने गर्छन् ।

गत सोमबारको एपिसोडमा पनि गेस्ट लगायत अध्यक्ष दिपाश्री निरौलालाई विशालले धेरै प्रश्न सोधेका छन् ।

‘आफ्नो साथीको सिनेमाको प्रिमियरमा गएर नराम्रो लाहेको फिल्मको पनि दिल खोलेर तारिफ गर्नुपर्या छ कि छैन ?’ भनेर उक्त एपिसोडमा विशालले दयाहाङ, उगेन र दिपाश्रीलाई सोध्छन् । दया, उगेन र दिपाश्री सबैले उक्त कुरा स्विकार्छन।

उक्त कुरा स्विकार्दै दिपाश्रीले भन्छिन्, -‘ हाम्रो कुरा अडियन्सले फ्लो गर्ने भएको भएर नराम्रो फिल्मलाई राम्रो भनिदिँदा, जुनपनि फिल्मलाई राम्रो भनिदिन्छ यी कलाकारहरुले भन्ने छाप बस्छ। तर फेरि निर्माण टिमकै अगाडि हाक्काहाक्की नराम्रो भनिदिँदा अलिकति गाह्रै हुन्छ, गाली खाने डर पनि हुन्छ । त्यसैले आजभोलि व्यालेन्स मिलाएर आफ्नो धारणा राखेर आउने गरेको छु।’

त्यसो त, फिल्म जस्तो छ त्यस्तै धारणा दिन सक्नुपर्छ भन्ने धारणा दयाले राखेका छन् । सार्वजनिक रुपमा नराम्रोलाई नराम्रो भन्न नसकेपनि सम्बन्धित फिल्म मेकरसंग कतै कफिसपमा बसेर फिल्मको यो-यो पक्ष नराम्रो छ भनेर भन्न सक्नुपर्ने दया बताउँछन् ।

जे होस्, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने र निर्माण टिमले पनि राम्रो नराम्रो दुबै प्रकारको प्रतिक्रिया स्विकार्न चाहिँ सक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर