बिराटनगर / नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यसहित ३१ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले परित्याग गरेका हुन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका यादव स्थानीय तहको निर्वाचन अघि एमाले प्रवेश गरेका थिए।

राजीनामा दिने अन्यमा पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीतकुमार राय लगायत छन्।

उनीहरूले पार्टीमा नीतिभन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचन विपक्षीलाई सहयोगको आरोप लगाउँदै राजीनामा गरेका हुन्।

‘पार्टी अध्यक्ष ओलीले पार्टीमा तानाशाह प्रवृत्ति देखाउनु भयो, अहिले उहाँकै मतियारको रूपमा छविलाल विश्वकर्मा देखिनु भएको छ,’ राजीनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, ‘पार्टी राम्रो हुँदाहुँदै पनि व्यक्ति हावी भएकोले राजीनामा दिन बाध्य भयौं।’

उनले पार्टीले इमान्दार कार्यकर्ताभन्दा झोला बोक्ने र चाकडी गर्ने कार्यकर्ता पोसेको आरोप पनि लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर