
विराटनगर / नेपाली कांग्रेसका प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की ले मोरङ क्षेत्र नं ६ ख बाट पुन उम्मेदवारि दिएका छन ।
उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका छन । कार्की सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन ।
सत्ता गठबन्धनले मोरङ क्षेत्र नं ६ मा कांग्रेस नेता डा’ शेखर कोइरालालाई उम्मेदवार बनाएको छ भने, क्षेत्र नं ६ क मा नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई उम्मेद्वार बनाएको छ ।