बिराटनगर / सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले सेतोपाटीलाई जानकारी दिए।

https://amzn.to/4myfPN5

घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको उनले जानकारी दिए। घाइते कसैको पनि परिचय खुलिनसकेको प्रहरीले बताएको छ।

बिहान ६:४० बजेतिर जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर