बिराटनगर / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन्।

आज अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताए छन ।

https://amzn.to/4myfPN5

त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हाम फालिहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको बताए । विधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै सम्मानित नेता झलनाथ खनालले अब समाजवादको बाटोमा हिँड्नुको विकल्प नभएको बताए। उनले आगामी निर्वाचनमा बढीभन्दा बढी महिला उम्मेदवार खडा गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर