राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ। विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गर्न लागेका छन्।

आज मध्यान्ह १२:३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुदैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राप्रपाका एक पदाधिकारीले दिएको जानकारी अनुसार मिश्रसहित विवेकशील साझा पार्टीका केही केन्द्रीय सदस्यहरू पनि राप्रपामा आउनेछन्।

मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा ल्याएको विचारभन्दा माथि देश सिद्धान्तमा सहमति जनाएका अधिकांश केन्द्रीय सदस्यहरू मिश्रसँगै राप्रपामा जाने तयारी रहेको स्रोत बताउँछ।

‘सातमध्ये ५ प्रदेशका अध्यक्षहरू पनि विवेकशील साझा छाडेर राप्रपामा आउने कार्यक्रम छ। को-को आउने भन्ने एकता घोषणा सभाबाटै जानकारी दिइनेछ,’ राप्रपाका ती पदाधिकारीले भने।

मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष पद दिने गरी नेताहरूबीच सहमति भएको बताइए पनि पदबारे भने दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।

विवेकशील साझाका एक पदाधिकारीका अनुसार मिश्र पक्षमा लागेका केही नेताहरू राप्रपा प्रवेश गर्ने तयारीमा छन्। यसैबीच मिश्रले ट्वीट गर्दै वैचारिक ध्रुवीकरणमा इच्छुकहरू सहभागी हुन सक्ने बताएका थिए।

‘यसबीच संवाद हुन नसकेका कयौँ साथीलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो। त्यसो होइन। यो वैचारिक ध्रुविकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्,’ उनले भनेका छन्, ‘केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया थालिनेछ भने अन्य तहगत मिलानका लागि एउटा समिति बन्नेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर