बिराटनगर । सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने भएको छ ।

कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनिष सुमनले केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने छ,’ उनले भनेका हुन ।

सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको जानकारि प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर