
बिराटनगर । ‘प्रेमगीत ३’ को हिन्दी संस्करण आज बाट प्रदर्शनमा आउने भएको छ । विराटनगरमा पनि क्युएफएक्स लगायतका सिनेमा हलमा उक्त चलचित्रको हिन्दी संस्करण लाग्न लागेको हो ।
चलचित्र बोर्डको असोज ९ गते केन्द्रीय जाँच समितिमा फिल्म जाँचका लागि सिफारिस गरेसँगै हिन्दी संस्करण सोमबारदेखि प्रदर्शनमा आउने भएको हो।
यसैबीच फिल्म निर्माण टिमले हिन्दी संस्करणको प्रदर्शनमा रोक लगाएको भन्दै विकास बोर्डलाई आरोप लगाउँदै आएका थिए । निर्माता सन्तोष सेनले हिन्दी संस्करणलाई नेपाली फिल्म सरह व्यवहार गर्न वोर्डलाई अनुरोध पनि गरेका थिए । तर, वोर्ड विदेशी फिल्मले तिर्नुपर्ने विकास शुल्क र स्वराङ्कनको अनुमति हिन्दी संस्करणले लिनुपर्ने अडानमा थिए । अन्तत लामो विवादपछि वोर्डले हिन्दी डबलाई प्रदर्शनको ढोका खोलिदिएका छन् । ६ बुँदे विज्ञप्तीमा ‘प्रेमगीत ३’ को हिन्दी संस्करण सेन्सर नहुनुको कारण स्पष्टीकरण दिएको छ। कर चुक्ता प्रमाणपत्र पेश हुनासाथ असोज ९ गते सेन्सरका लागि सिफारिस गरेको जनाइएकाे छ।
यसप्रकार छन् बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको बुँदाहरू:
१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७ ख. बमोजिम चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भाषामा यस बोर्डबाट पुनःस्वराङ्कनको स्वीकृतिका लागि श्री आशुषेन फिल्म प्रोडक्सन प्रालिका तर्फबाट मिति २०७९।५।३० मा करचुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकोमा उक्त दरखास्त साथ करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेमा सो पेश नगरेकोले उक्त कागजात पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिको लागि कारबाही गरिने जानकारी गराइएको थियो।
२) उक्त कम्पनीको कर चुक्ताको प्रमाणपत्र पेश नगरी चलचित्र ‘प्रेमगीत ३’ हिन्दी संस्करणको जाँचका लागि विदेशी चलचित्र वितरण इजाजत प्राप्त कम्पनी श्री व्यङ्कटेश इन्टरटेनमेन्ट प्रालिले भारतस्थित केन्द्रीय फिल्म प्रमाणन बोर्डले मिति २०७९।५।२७ गते (१२ सेप्टेम्बर, २०२२) मा जारी गरेको जाँचपास प्रमाणपत्र संलग्न राखी उक्त चलचित्र विदेशी चलचित्र सरह जाँचको सिफारिसका लागि यस बोर्डमा मिति २०७९।६।५ मा दरखास्त दिएको र सो दरखास्त साथ विदेशी चलचित्रलाई लाग्ने भन्सार महसुल तिरी पैठारी गरेको कागजात समेत पेश गरी चलचित्रको जाँचपासको लागि सिफारिस माग गरेकोले निवेदकको माग बमोजिम नै विदेशी चलचित्र सरह उक्त चलचित्रको जाँचका लागि यस बोर्डको च.नं.२९४, मिति २०७९।६।५ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो।
३) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिमार्फत निर्माण भएको ‘प्रेम गीत ३’ को चलचित्र जाँचका लागि यस बोर्डको च.नं.१८१, मिति २०७९।५।१३ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस भई उक्त चलचित्रको मिति २०७९।५।१४ मा सो समितिबाट उक्त चलचित्र जाँच गरी चलचित्र जाँच प्रमाणपत्र समेत दिई सकिएको तर हाल सोही निर्माताबाट निर्माण भई एउटै नाम भएको नेपालमै निर्मित चलचित्रलाई विदेशी सरह जाँचका लागि सिफारिस भएर आएको देखिएकोले प्रस्तुत विषयमा के भएको हो? खुलाई पठाउनु हुन भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६,मिति २०७९।६।६ को पत्रबाट अनुरोध भई आएको।
४) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६, मिति २०७९।६।६ को विषयमा यस बोर्डको च.नं. ३०५, मिति २०७९।६।६ को पत्रबाट सो सम्बन्धमा मन्त्रालयमा खुलाई पठाइएको।
५) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिका तर्फबाट यस बोर्डको च.नं. २६६,मिति २०७९।५।३० को पत्रबाट प्रालिका तर्फबाट नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को चलचित्र जाँचका लागि सिफारिस माग गर्दा आ.व.२०७७।७८ सम्मको करचुक्ता प्रमाणपत्र १५ (पन्ध्र) दिनभित्र यस बोर्डमा पेश गर्नेछु भनी मिति २०७९।५।१३ मा कबुलियतनामा गरेको सम्बन्धमा उक्त प्रालिका तर्फबाट कबुलियतनामा बमोजिम करचुक्ता प्रमाण पत्र पेश गरेको नदेखिंदा सो पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिका लागि कारबाही गरिने जानकारी गराईएकोमा मिति २०७९।६।७ गते मात्र उक्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरेको।
६) मिति २०७९।६।७ मा बसेको बोर्डको बैठकबाट चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति सम्बन्धी कारबाहीका लागि व्यवस्थापन समक्ष पठाउने निर्णय भए बमोजिम उक्त विषयमा व्यवस्थापनबाट तत्कालै कारबाही भई मिति २०७९।६।७ को निर्णयानुसार श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिका नाममा नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७’ को नियम १७ख. को उपनियम (२) बमोजिम हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति दिई मिति २०७९।६।९ को निर्णयानुसार उक्त चलचित्रको जाँचका लागि केन्द्रीय चबिराटनगर । ‘प्रेमगीत ३’ को हिन्दी संस्करण आज बाट प्रदर्शनमा आउने भएको छ । विराटनगरमा पनि क्युएफएक्स लगायतका सिनेमा हलमा उक्त चलचित्रको हिन्दी संस्करण लाग्न लागेको हो ।