
बीराटनगर / `हिजो आजका कुरा’ यहि असोजको २८ गतेबाट देशब्यापी प्रदर्शन हुँदैछ । प्रदर्शनको मिति निजिकिदै गर्दा फिल्मका मुख्य कलाकारहरु सहित जम्बो टोलि यो शनिबार प्रदेश १ आइपुगेको थियो । यहाँको प्रमुख शहरहरु धरान, इटहरी र बिराटनगरमा फिल्म युनिटको जम्बो टोलिले फिल्मको प्रचारप्रसार गरेका थिए । प्रोमोसनका क्रममा फिल्मका प्रमुख कलाकारहरु सन्तोष पन्त, रिमा विश्वकर्मा, दिब्यदेव पन्त, निर्देशक साकार पन्त लगायतले दर्शकहरुसँग भलाकुसारी गर्दै २८ गते बाट आफ्नो फिल्म हेर्न अनुरोध समेत गरेका छन ।
धरान, इटहरी र बिराटनगरमा अवस्थित भाटभटेनी सुपर मार्केटमा फिल्मको प्रोमोसनका लागी टिमले दर्शकलाइ भेटेका हुन् । पारिवारिक कथामा बनेको फिल्म ‘हिजो आजका कुरा’लाई बरिष्ट अभिनेता सन्तोष पन्त निर्माण तथा साकार पन्त निर्देशन रहेको छ । करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएर दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको चलचित्रको रुपमा दर्शकमाझ आउन लागेको हो । यो फिल्मको ट्रेलर तथा गीतले दर्शको ध्यान केन्द्रित गर्न सफल भएको छ ।
यस फिल्मले नेपाली समाजको बर्तमान अबस्था, पारिवारिक आरोहअबरोह, नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।