काठमाडौं । मोरङ गछिया घर भएका सबैको प्रिय गायक मिलन परियारको आवाजमा “गाजलु आखैमा” सार्वजनिक भएको छ।

यस गीतमा सुरज कालाखेतीको शब्द/संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक मिलन परियारको स्वर रहेको छ। ओपल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश नेपालीले मिक्सिङ/मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।

निर्देशन तथा कोरीयोग्राफी मिलन बिश्वोकर्माको रहेको उक्त भिडियोमा समारिका ढकाल/मिलन परियार/मिलन बिश्वोकर्माको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । मिलन परियारको प्रस्तुती रहेको “गाजलु आखैमा” म्यूजिक भिडियो OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ । मिलन परियार नेपाल को रियालिटि शो सिङगिङ सुपरस्टार मा पनि गित गाइरहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर