कालिकोट : कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने सुनारखोलामा पानी पर्नेबित्तिकै ढुंगा र माटो बग्न थाल्छ। जसले गर्दा सडक नै अबरुद्ध हुन्छ। सुनारखोलामा बर्सेनि खस्ने पहिरोको उचित व्यवस्थापन नहुँदा यो सडकमा यात्रा गर्ने यात्रुहरूले हैरानी खेप्दै आएका छन्। हाल खोलामाथिको जग्गा पनि बगेर सकिन लागेको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जयस्वर रिमालले सुनारखोलामा खस्ने पहिरोले प्रहरीलाई पनि हैरान बनाएको दुखेसो पोखे। उनका अनुसार वर्षात हुनेबित्तिकै सडक अबरुद्ध हुन्छ। प्रहरीको टोली पठाएर पहिरो पन्छाउने, फसेका गाडीहरू तान्ने काम गर्दा प्रहरी नै हैरान भएको उनको भनाइ छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्र दर्जनौं ठाउँहरूमा पहिरो खस्छ। जिल्लाको सिमाना दही खोलादेखि गगने खोला, काले खोला, जिते, सुनारखोला, गल्लीलगायतका ठाउँमा वर्षात हुँदा पहिरो खस्ने
समस्या छ।

रातिको समयमा सुनारखोलामा सडक अबरुद्ध हुँदा यात्रुहरूलाई खान बस्न समस्या हुने भएपछि प्रहरीले गाडी हुल्म बजारमै रोक्ने गरेको छ। सुर्खेतदेखि कालिकोट जिपमा आएका यात्रु मीम बुढाले सुनारखोलाको पहिरोले सडक अबरुद्ध गर्दा सडकमै ५ घण्टा बिताएको बताए। सुर्खेत हुँदै कालिकोट ट्रक चलाउने चालक उमेश थापाले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्री ल्याएर गन्तव्यमा पुग्नै मुस्किल हुने गरेको बताए। उनले हिउँदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भए पनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको सुनाए।

उनले भने, ‘कर्णाली राजमार्ग, राजमार्ग जस्तै छैन, यो कहिले राजमार्ग जस्तो होला ? ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि आउँछन्।’ सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर राजिव श्रेष्ठले सुनारखोला र गगनेखोलाको पहिरो रोकथामका लागि सडक विभागबाटै विशेषज्ञ टोलीले अध्ययन गर्ने बताए। उनले यी दुई खोलामा पहिरो रोक्न ठेक्का पनि भइसकेको बताए।

कर्णाली राजमार्गको दही खोलादेखि जुम्लासम्म ४३ ठाउँमा वर्सेनि पहिरोको जोखिम छ। कर्णाली राजमार्गलाई वर्षेनी अबरोध गर्ने यी ४३ ठाउँमा जाने पहिरोको रोकथाम तथा सडकको स्तरोन्नतीको आवश्यकता हो। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले यो विषयमा डिभिजन सडक कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर