मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् ।

छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेकाे आराेप छ ।

पीडितकाे उजुरीका आधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेकाे छ । एक आराेपी १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षककाे जिम्मामा छाडेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनका अनुसार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर