
गायिका समिक्षा अधिकारीले विगतमा आफ्नो जिवनमा घटेको दुखद् घटनामा कहीँ कतैबाट क्षतिपूर्ति माग नगरेको दावी गरेकी छिन् ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको मुद्दामा पल शाहलाई साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको केही दिनपछि गायिकाको स्पटोक्ति सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा आफ्नो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेको अधिकारीले बताएकी छिन् ।
उनले अदालतले निर्धारण गरेको क्षतिपूर्ति बापतको उक्त रकम लिने मनसाय पनि नभएको बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्,
‘म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’
साथै उक्त घटना आफ्नो र नेपालको कलाकारिता क्षेत्रको लागि निकै दुखद् घटना भएको पनि अधिकारीले बताएकी छिन् । पुग्ने आशा लिएकी छु ।
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।