बिरतनगर । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।
उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर