काठमाण्डौ यतिबेला चर्चा छ त प्रेम गीत ३ को छ नेपालदेखी भारत सम्मै । नया इतिहास सिर्जना गर्दै बलिउड यात्रामा पसेको फिल्म प्रेमगीत ३ ले यतिबेला नेपाल र भारतमा एकसाथ प्रचारप्रसारलाई ब्यापकता दिइरहेको छ । उता भारतमा निर्माता निर्देशक सन्तोष सेन, नायक प्रदिप खड्का र नायिका कृष्टिना गुरुङको टोलि शहर-शहरमा नेपाली प्रेम र गीतलाई चिनाउदै हिडिरहेका छन् भने यता नेपालमा फिल्मका कार्यकारी निर्माता चक्र बहादुर चन्दका साथमा अभिनेता सुनिल थापा, मनिष राउत, प्रेम पुरी र गायक प्रताप दास प्रचारप्रसार दौडिरहेका छन् । प्रदेश १ मा पछिल्लो समय फिल्मका गतिविधि निकै हुने गर्छन् ।


‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।

अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ सेनले भने ।

https://amzn.to/4myfPN5

मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं सेनले भने टिजर गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ । प्रचारप्रसारका लागी पहिलो यात्रा यतैबाट हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर