सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बालुवाटारमा आज पनि छलफलमा जुट्न लागेका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन।

११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँटको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै सिट बाँडफाँट टुंग्याउने तयारी छ।

https://amzn.to/4myfPN5

शनिबार पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेता जुटेर यसबारे छलफल गरेका थिए। जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव शनिबार छलफलमा उपस्थित हुन सकेका थिएनन्।

आइतबार बिहान ९ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता सिट बाँडफाँटका विषयमा छलफलमा जुट्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। शनिबार बेलुकी पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दलहरू सहमति नजिक पुगेको दाबी गरेका थिए।

दलहरू आफूले राखेको अडानबाट पछि नहट्दा सिट बाँडफाँटको विषय टुंग्याउन सकस भइरहेको छ। ‘कांग्रेस र मा‌ओवादी केही सिट घट्न तयार भए पनि जसपा र एकीकृत समाजवादी सिट संख्या घट्न तयार भइरहेका छैनन्,’ एक नेताले भने।

कांग्रेसले सुरूमा १०० र माओवादीले ६० सिट दाबी गरेका थिए। एकीकृत समाजवादीले ४० र जसपाले ३२ सिट चाहिने बताइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर