राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारको र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्  ।यस्तै राष्ट्रपतिले बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र अमेरिकाका राजदूत श्रीधर खत्रीलाई कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर