नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १०० छाड्नुपर्ने बताएका छन्।

१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताएका छन्।

प्रेस युनियनले  जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।
१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ ? कोइरालाले भने तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ।

उनले कांग्रेसमा चुनाव उठ्न धेरै नेता तथा कार्यकर्ता आकांक्षी रहेकोले व्यवस्थापनमा कठिनाइ रहेको पनि बताए।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताए।

यो कुरा नेतृत्वसामु हामीले भनिरहेका छौं उनले भने। कांग्रेस अहिले अप्ठेरो अवस्थामा रहेको पनि उनले बताए।

सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने केन्द्रीय समितिबाटै निर्णय गरेको र गठबन्धन बहुमत ल्याउनका लागि गर्ने भनिएकोले कम्तीमा १०० सिट लिनुपर्ने कोइराला बताउँछन्।

विचार र सिद्धान्त नमिल्ने माओवादी एकीकृत समाजवादी जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकोले परिणामबारे अहिले नै भन्न नसक्ने उनले बताए।

यो गठबन्धन एमालेलाई जित्न नदिन र भोलि सरकार बनाउनका लागि गरिएको हो। विचार र सिद्धान्त केही नमिल्ने दलसँग गठबन्धन गरिएको छ उनले भने परिणाम कस्तो आउँछ चुनावपछि थाहा हुन्छ। अहिले म केही भन्न सक्दिनँ। कांग्रेस नेतृत्वमै सरकार हुँदा मिडिया काउन्सिल र सत्य निरूपण तथा मेलमिलाप विधेयक आएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर