भदौ २१ भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल भ्रमणमा रहेका ले आज प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार काठमाडौं आएका पाण्डेले मंगलबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पाण्डे देउवालाई भेट्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए। सेनाध्यक्ष पाण्डेले आजै बिहान माउण्टेन फ्लाइट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।

साथै सेनाध्यक्ष पाण्डे भोलि बुधबार मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
पाँच दिने भ्रमणका लागि गत आइतबार आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको दज्र्यानी चिन्हसमेत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर