मनमोहन प्राबिधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्त आन्दोलनमा रहेको बिज्ञप्ति निकालेका छन ।
मनमोहन प्राबिधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्त रुपमा शिक्षक तथा कर्मचारी हरुको हक हित तथा मनमोहन प्राबिधिक र मनमोहन स्मृति पोलिटेक्निक को समग्र बिकासको लागि विभिन्न माग राखेर आन्दोलनमा रहेको बताएका छन
पटक पटक विश्वविद्यालयका उप-कुलपति रजिस्ट्रार र शिक्षक तथा कर्मचारीहरुका बीच वार्ता भएता पनि सहमति बिपरित हामी शिक्षक तथा कर्मचारी लाई बिभाजित गर्ने गरि नियोजित ढंगले सिमित बढुवाको सुचना प्रकाशित गरेको हुँदा उक्त बढुवा सम्बन्धि सुचना यथाशीघ्र रद्द गरि वा तत्काल करार लाई स्थाई तथा अन्य बाँकी स्थाई शिक्षक तथा कर्मचारीहरुका लागि पनि बढुवा को सुचना प्रकाशित नगरेको खण्डमा २०७९ भदौँ २४ गतेदेखि उप-कुलपति , सेवा आयोग अध्यक्ष , रजिस्ट्रार र प्राचार्यको कार्यकक्षमा समेत तालाबन्दी गर्ने जानकारी दिदै मनमोहन प्राबिधिक विश्वविद्यालय प्राध्यापक तथा कर्मचारी संघको संयुक्त संघर्ष समितिले बिज्ञप्ति निकालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर