प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईकी ममतामयी माता धनकुमारी राईको निधन भएको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगर स्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिनुभएकी स्वर्गीय धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी हुनुहुन्छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर