कोभिड-१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ। सन् २०२२ को सुरुवाती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउँछ।अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन्। यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो। बोर्डको विवरणमा जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार नौ सय ६७, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४३ हजार दुई सय ४९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर