
आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।
देशै भारी रहेका बिभिन्न ठाउका ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।