
नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको तयारी थालेको छ। कांग्रेसको दुवै क्षेत्रिय कार्य समितिले बैठक डाक्दै उम्मेदवार सिफारिसकोे तयारी गरेको हो।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार छनोटको विषयमा छलफल गर्न प्रदेश ‘क’ क्षेत्रिय कार्य समिति, पालिका सभापति तथा प्रदेश ‘क’ क्षेत्रभरीको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई बैठकमा बोलाईएको प्रदेश ‘क’ क्षेत्रिय कार्य समिति सचिव राजन भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार १६ भदौमा विपि स्मृति भवन दिक्तेलमा बैठक डाकिएको छ। यस्तै, प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले पनि उम्मेदवार छनोटका लागि सिफारिस गर्नुपर्ने भन्दै प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति, पालिका सभापति तथा प्रदेश ‘ख’ भित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई बैठकमा डाकेको छ।
बैठक १६ भदौमा साकेला गाउँपालिका मात्तिम मानेभन्ज्याङमा डाकिएको प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति सभापति दिनेशकुमार घिमिरेले बताए।