हिजो आज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ । केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकारसम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन् । बिहेपछि युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात् भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।तर, आँचल झन्‌-झन्‌ बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर