
८ भदौ, महानगरपालिकाले नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ ।
बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मल पुगेका छन् ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो ।केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो ।
पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउण्डमा आशंका गरेको हो ।