भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उहाँले लेख्नु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उहाँले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गर्नुभएको छ । यसअघि उहाँ सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित हुनु भएको थियो ।

त्यति बेला उहाँ झण्डै तीन हप्ता अस्पतालमै रहनु भएको थियो । उहाँ मात्रै नभई उहाँका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित हुनुभएको थियो । रासस/

प्रतिक्रिया

सम्बन्धित खवर