विराटनगर / विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा मङ्गलबार साँझ गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप हुँदा १० जना घाइते भएका हुन् ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप भएकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न गएकाे प्रहरीले जनाएकाे छ । ग्याङ फाइट हुँदा गम्भीर घाइते बनेका राजकुमार कामतकाे न्युरो अस्पतालमा र अन्यको कोसी अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ग्याङ फाइट हुँदा राजवंशीको समूहका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् भने कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर