शहरी विकास मन्त्री मेटमणि चौधरीले सबै राजनीतिक दलले आफ्नो अस्तित्व रक्षाका लागि मिलेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।

उनले हाल देशको राजनीतिक घटनाक्रममा भएको विकासले एक स्टेप फड्को मारेको हुँदा दलको अस्तित्व रक्षाका लागि मिलेर निर्वाचनमा जाने प्रचलनको विकास भएको बताए ।

https://amzn.to/4myfPN5

पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले ७४ सालदेखि ठूला पार्टीलाई ठूला बन्नका लागि तथा सानासंग जोडिनुपर्ने तथा साना दलहरुलाई पनि आफ्नो अस्तित्व रक्षाका लागि ठूला दलहरुसंग जोडिनुपर्ने वाध्यात्मक परिस्थिति
सृृजना भएको मन्त्री चौधरीले बताए ।

राजनीति भित्र भएको विकासले विगतदेखि एक्लै चुनाव लड्ने स्टेप छाडेर फरक दललाई भोट हाल्ने प्रचलनको विकास भएको र यो प्रचलन अझै पाँच १० वर्षसम्म चल्ने मन्त्री चौधरीको भर्ना छ।

विश्वव्यापी रुपमा चलेको दुई दलीय राज्य संचालन व्यवस्थामा भएको विकासले नेपालको राजनीति पनि सोही दिशामा अघि बढेको मन्त्री चौधरीले बताए ।

हालको व्यवस्थामा अनेक समस्या उत्पन्न भएपछि मात्रै एक्लै चुनाव लड्ने अवस्था सृजना हुने मन्त्री चौधरीले बताए । पत्रकारको जिज्ञासामा बोल्दै मन्त्री चौधरीले सबै रानीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने भावनाको विकासमा ध्यान नपुग्दासम्म देश विकास हुन नसक्ने बताए ।

हाल हरेक क्षेत्रमा भएको खुट्टा तान्ने प्रवृद्धिका कारण समग्र देशले फड्को मार्न नसकेको मन्त्री चौधरीले बताए ।

यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा बोल्दै मन्त्री चौधरीले सरकारले छलफल गरेर भारतबाट घटेर आएको मूल्य समायोजनको प्रयास हुने मन्त्री चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर