उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीचालकलाई लक्षित गरेर विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये आज बिहान कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न भएको छ ।

चेकजाँचमा सवारीचालक अनुमतिपत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार सात जना विद्यार्थीहरू कारबाहीमा परेका छन् । त्यस्तै, हेल्मेट नलगाई सवारीसाधन चलाउने एक जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थीहरू कारबाहीमा परेका हुन् ।

https://amzn.to/4myfPN5

कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुईपांग्रे सवारीसाधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर