नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार शुक्रबार ४ हजार ७१२ नमुना परीक्षणमा ७८१ जना संक्रमित फेला परेका हुन् ।पीसीआर २ हजार २९० परीक्षणमा ४१९ र एन्टिजेन २ हजार ४२२ परीक्षणमा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा ५११ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । २४ घण्टामा २३ हजार ८०१ जनाले खोप लगाएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर