नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। नेत्र विक्रम चन्द (विप्लव) बाट छुटेर नयाँ बनेको पार्टी हो।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ बीच भएको बार्तापछि पार्टी एकता हुने सहमति भएको हो।

https://amzn.to/4myfPN5

यसैबीच दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन पार्टी एकता संयोजन समिति गठन गरेको जनाएको छ।

वैद्य र बाँस्तोलाले संयुक्त रूपमा वक्तव्य जारी गर्दै  एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर