पाल्पा– पाल्पा पावर लिफटिङ संघ जिल्ला कार्यसमितिको गठन भएको छ । समितिकोे अध्यक्षमा अनिल खाती चयन हुनु भएको छ । तानसेनमा भएको भेलाले अध्यक्षमा खातीलाई सर्वसहमतिले चयन गरेको हो । संघको उपाध्यक्ष गोपाल पौडेल,द्वितीय उपाध्यक्षमा सुनीता थैव, सचिवमा सन्तोष गहतराज,कोषाध्यक्षमा बिनोद न्यौपाने चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा इच्छा लोहागुन, प्रकाश श्रेष्ठ, कुसुम मल्ल, निर्जल आले, अनुराज विक, सुरेश रिसाल, राजु लोहागुन, विजय कालिकोटा र पवन विक सहित १३ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल लिफटिङ संघका महासचिव शुक्रराज प्याकुरेलले संघले बडि ब्लिडिङमा आबद्व भएका खेलाडीहरूलाई संगठित गर्न संघको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पावर लिफटिङ संघका विभागीय प्रमुख बुद्वि जंग कार्की,काठमाडौ व्यायाम व्यवसायी संघका सचिव जगत अधिकारी,नेपाल लिफटिङ संघका केन्द्रीइ सदस्य उत्सव अधिकारी,ललितपुर पावर लिफटिङ संघका अध्यक्ष विजय देउला,काठमाडौ पावर लिफटिङ संघका सचिव अमिर थापा,अन्तर्राष्ट्रिय खेलाडी ज्ञान नारायण महर्जन लगायतकाले आ आफना भनाईहरु राख्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर