पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।

यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छ्रैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

न त उनले अस्वीकार गरिन् न त स्वीकार नै । यसबारे सोधिएको प्रश्नमा उनी बोल्न मात्र चाहिनन् । यसलाई आफूले प्राइभेट राख्न खोजेको भन्दै उनले प्रश्न टारिन् । घुमाउरो ढंगले उनले प्रेम सम्बन्धलाई स्वीकारेको बुझ्न सकिन्छ ।

‘सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् ।समाचार र फोटो अनलाईनखवर डटकमवाट

प्रतिक्रिया

सम्बन्धित खवर