
पाल्पा,जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले गएको तीन आर्थिक वर्षमा ४७ हजार २ सय ६९ सवारी कारवाहीबाट २ करोड ८६ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ४ सय ६६ सवारीसाधन कारवाहीमा परेका छन् । सवारी साधन कारवाहीबाट एक करोड १३ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकललन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले जानकारी दिए ।
कारवाहीमा पर्ने सवारी साधनहरुमा ट्रक ३ हजार ५ सय ८७ बाट २० लाख ५१ हजार, २ हजार ४ सय ६४ बसवटा १३ लाख ९३ हजार,५ हजार ३ सय ७४ जीप कार भ्यानबाट ३२ लाख ७४ हजार ,१ हजार ४ सय ७१ टेक्टरवाट ८ लाख ७५ हजार र ५ हजार ५ सय ५० मोटरसाइकलबाट ३७ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । यस वाहेक एक सय जना मापसे कारवाहीवाट एक लाख राजश्व संकलन गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा ८८ लाख लाख ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । कारवाहीमा पर्ने सवारी साधनहरुमा ट्रक, टिप्पर ३ हजार ९ सय ८४ बाट २२ लाख ४४ हजार, १ हजार ३ सय ५६ बसबाट ७५ लाख ५ हजार, ३ हजार ९ सय ५ जीप कार भ्यानबाट २२ लाख ७ हजार ,९ सय ५८ टेक्टरवाट ५ लाख ८३ हजार ५ सय र ४ हजार ८ सय १८ मोटरसाइकलबाट ३१ लाख १७ हजार संकलन भएको प्रमुख मल्लले जानकारी दिए । उनका अनुसार १ सय १५ मापसे कारवाहीवाट १ लाख पन्ध्र हजार राजश्व संकलन समेत भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ८३ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । कारवाहीमा पर्ने सवारी साधनहरुमा ट्रक, टिप्पर ३ हजार ३ सय १६ बाट १९ लाख ६९ हजार ५ सय, २ हजार ३ सय ५१ बसबाट १३ लाख ९५ हजार, ३ हजार ९५ जीप कार भ्यानबाट १८ लाख ५६ हजार ,१ हजार ४ सय १८ टेक्टरवाट ८ लाख ३ हजार ५ सय र ३ हजार ६ सय २ मोटरसाइकलबाट २३ लाख ४९ हजार ५ सय राजश्व संकलन भएको हो । यसमा थप १ सय ८७ मापसे कारवाहीवाट एक लाख ८७ हजार राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनकाे कारबाहीबाट राजश्व संकलन भएको प्रमुख मल्लले बताए ।