रामपुर नगरपालिका १ पाल्पा स्थित चिन्ते सामुदायिक वनमा रहेको छाङदी झरना पछिल्लो आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ ।

डिभिजन वन कार्यालय पाल्पा मार्फत पर्यटनको लागि सौन्दर्यीकरणको कार्य भए पछि सुनसान रहने झरना परिसर भरिभराउ हुन थालेको छ । झण्डै सय मिटर माथि बाट छङ्छङ् झर्ने झरनाको पानीमा रमाउन, पौडी खेल्न र दृश्य अवलोकनका लागि दैनिक २ देखि ३ सयको हाराहारीमा घुम्न पुगेको भने पनि हिजो शनिबार भएर पनि होला १हजारको हाराहरीमा आन्तरिक पर्यटकहरुले अवलोकन गरेको देखिन्थ्यो । ।” सामुदायिक वनले अहिले सम्म घुम्न आउनेहरु संग कुनै शुल्क नलिएको र चाप बढे पछि व्यवस्थापनको लागि शुल्क संकलन गर्ने तयारी गरिरहेको चिन्ते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खिम बहादुर नेपालीले जानकारी दिनुभयो । अहिले पाल्पाको रामपुर संगै स्याङ्जा, तनहुँ, नवलपुर कपिलबस्तु रुपन्ेदहिका लगाएतका स्थान बाट पर्यटकहरु आउने गर्दछन्।
डिभिजन वन कार्यालय पाल्पाले ७ लाखको लगानीमा झरनाको सौन्दर्यकरणको यस वर्ष पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्ग सहित, बेबि पोन्ड, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेको थियो । सव डिभिजन वन कार्यालय रामपुरका सहायक वन अधिकृत सुजनराज भण्डारीले डिभिजन वन कार्यालयको ६ लाख७३ हजार ७६ रुपैयाँ र उपभोक्ताको ६७ हजार ३ सय ७ रुपैयाँ गरी ७ लाख४० हजार ३ सय ८४ रुपैयाँ मा सौन्दर्यीकरणको काम गरेको बताउनुभयो ।
डिभिजन वन कार्यालयका वन अधिकृत दिपक ज्ञवालीले वन समुहले काठ बाट मात्रै नभई पर्यटन मार्फत पनि आम्दानी गर्न सक्ने प्रशस्त आधार रहेकाले प्रकृति मैत्री संरचना निर्माणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । “छाङ्दी झरना जिल्लाकै ठूलो झरना हो ।
चिन्ते सामुदायिक वन भित्र रहेको छादी झरना चमेरे गुफालाई यस अघि चमेरे गुफाको रुपमा चिनाउने प्रयास हुँदै आएको थियो । तर पछिल्लो समय छादी झरनाको रुपमा चर्चा पाएको हो । करिब १ सय ५० मिटरको उचाई बाट झरनामा पानी झरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर