नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनका विद्यार्थीले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।

पूर्वघोषित कार्यक्रमअनुसार नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल ९क्रान्तिकारी० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कालो ब्यानर राख्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई काठमाण्डौको नक्सास्थित पिपलबोटमा राकेर राखेको छ । विद्यार्थीका तीनै संगठनका नेताहरु भने ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक पुगेका छन् ।

गभर्नरले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुको भनाइ छ । महाप्रसाद अधिकारी उर्फ एम अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप उनीहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर