अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिस अवस्थामा फालिएको लरीमा सोमबार ती शव फेला परेका हुन्।

अधिकारीहरूले १२ जनालाई जिवित फेला पारेपछि उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। के कारणले उनीहरूको मृत्यु भयो भन्ने खुलिसकेको छैन।

सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो।

लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुन सक्ने बताइएको छ। प्रहरीले लरीका चालकको खोजी भइरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर