विराटनगरमा आफनो ब्यापार ब्यवसायमा निकै अगाडि वढदै गरेका युवा ब्यावसायि खेमराज भट्टराई मोडलिङ क्षेत्रमा पनि देखा पर्न थालेका छन ।
केहि समय अगाडि मात्रै वोकेदारीको स्वरमा रहेको सररर इज्निने गाडीमा वोलको गीतमा सफल मोडलको रुपमा देखा परेका खेम अहिले ‘रातकी रानी’ वोलको गीत मार्फत आएका छन ।


चर्चित मोडल करिश्मा ढकाल सगै देखिएका खेमले रातको रानीमा उत्कृष्ट अभिनय गरेका छन ।

रमेश भट्टराईको शब्द सयोजन रहेको गीतमासुशान्त रेग्मीको स्वर रहेको छ । गीतलाईसुविस्ता इण्टरटेनमेण्टको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पुस्कर सुनुवारको एरेन्ज रहेको गीत मोहोल रेकडिङ स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको भिडियो समेत निकै राम्रो भएको यतिवेला प्रतिक्रियाहरु आईरहेका छन ।
‘रातकी रानी’ बोलको म्युजिक भिडियोलाई विरेन्द्र भट्टले छायाङ्कन गरेका हुन भने प्रविन थापाले निर्देशन गरेका हुन ।

भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन ।

भिडियोमा पर्यटकिय स्थल नगरकोटका मनोरम दृश्यहरु देख्न सकिन्छ ।

भिडियो वनाउनको लागि आफुले सक्दो मेहनत गरेको प्रोडक्सन समुहका उमेश खडकाले राष्टडेलीलाई जानकारी    गराए ।
सुविस्ता इण्टरटेनमेण्टले यस अघि संझिराख है साथी, हेल्लो मेरो साथी लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर