रमेश भट्टराईको शब्दमा ‘रातकी रानी’ वोलको गीत वजारमा सार्बजनिक भएको छ ।

निकै धेरै गीतहरु सार्वजनिक गरिसकेका रमेशले यो पटक रोमान्टिक किसिमको गीत वजारमा ल्याएका छन ।


सुशान्त रेग्मीको स्वर रहेको गीत सुविस्ता इण्टरटेनमेण्टको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पुस्कर सुनुवारको एरेन्ज रहेको गीत मोहोल रेकडिग भएको हो ।

गीतको भिडियो समेत निकै राम्रो भएको यतिवेला प्रतिक्रियाहरु आईरहेका छन । भिडियोमा

मोडल करिश्मा ढकाल र खेमराज भट्टराईको अभिनय देख्न सकिन्छ ।
‘रातकी रानी’ बोलको म्युजिक भिडियोलाई विरेन्द्र भट्टले छायाङ्कन गरेका हुन भने प्रविन थापाले निर्देशन गरेका हुन ।

भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन ।

भिडियोमा पर्यटकिय स्थल नगरकोटका मनोरम दृश्यहरु देख्न सकिन्छ ।

भिडियो वनाउनको लागि आफुले सक्दो मेहनत गरेको प्रोडक्सन समुहका उमेश खडकाले राष्टडेलीलाई जानकारी गराए ।
सुविस्ता इण्टरटेनमेण्टले यस अघि संझिराख है साथी, हेल्लो मेरो साथी लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर