पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिनुभयो ।

उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो ।

उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए ।

गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर