नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीमा देखा परेको पछिल्लो परिस्थतिबारे टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको निर्णयमा १० सांसदले असहमति राख्दै बिहीबार अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र दिएका थिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तो अवस्था आउनुले अब पार्टीमा माधवकुमार नेपालको काबुबाहिरको परिस्थिति आउन सक्नेतर्फ भट्टराईले संकेत गरेका छन्।

आफूले एमाले विभाजन नगर्न पहिले माधव नेपाललाई भनेको पनि भट्टराई बताउँछन्।

‘एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि  नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले भने।

एकीकृत समाजवादीले गत जेठ २२ मा मन्त्री फेर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

बिहीबार १० सांसदले मन्त्रिमन्डल पुनर्गठनबारे अहसमति राख्दै नेपाललाई पत्र नै दिएका छन् भने संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।

‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ। आत्माबोध र पश्चाताप: सिर्फ कहिले?,’ योगेशले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर