रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ । लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।

जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटीमा बाँकी १९ जना सदस्य रहने ढकालको भनाइ छ ।

निर्वाचन आयोगमा सभापति लामिछानेसहित २१ जनाको नाम बुझाइएको छ ।

आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने ढकालले बताए । तर २१ जना सदस्यमध्ये पाँच जनाको नाम  प्राप्त भएको छ ।

धादिङका डोलप्रसाद अर्याल, डडेल्धुराका दीपक बोहरा, काठमाडौंका कुसुम महर्जन र गोरखाकी एलिजा गुरुङ रहेका छन् ।

प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ ।

उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै  छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर