पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने  भएको  छ । नेपाल आयल निगमले आगामी  साउनदेखि  डिजेल  र   पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने  भएको  हो  । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने  र  घट्दा घट्ने  हुन्छ ।

सर कार को आगामी आर्थिक वर्ष २०७९/८०  को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज  २४  देखि  पेट्रोलियम  पदार्थमा  स्वचालित मूल्य  प्रणाली  लागू  गरिए  पनि  प्रभावकारी  कार्यान्वयनमा आउन सके को  थिएन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.   गणेशप्रसाद   पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति  व्यवस्था  सहज  गर्न  मूल्य  बढाउनुपर्ने सरकारको बाध्यता रहेको  बताए  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर