काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जिव भण्डारी (अनमोल)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबीच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो । गार्डलाई आक्रमण गरी भागेकाहरुलाई खोजतलास गरी नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।अनलाईनखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर