आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।

नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए ।

रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए ।

ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो ।
केसीलाई कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदै राम्रो साथ दिए ।
ओमानका लागि कप्तान जीसन मक्सुदले ५२ तथा सन्दीप गौडले ४७ रनको योगदान दिए ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।
१५ खेल खेल्दै नेपालले ७ मा जीत, ७ मा हार र एक खेलमा बराबरी गर्दै १५ अंक बटुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर